कट्रिना र विक्कीले डिसेम्बरसम्म बिहे गर्ने, फेसन डिजाइनर सब्यासाची बिहे पहिरन डिजाइन गर्दै – Nepal Press

कट्रिना र विक्कीले डिसेम्बरसम्म बिहे गर्ने, फेसन डिजाइनर सब्यासाची बिहे पहिरन डिजाइन गर्दै

मुम्बइ । पछिल्ला दिनमा बलिउड कट्रिना क्याफ र विक्की कौशलको बिहेको खबरले गर्माएको छ । केही दिनअघिसम्म यी दुईले अगस्ट १८ मा बिहे गर्ने खबर फैलिएको थियो । सूत्रका अनुसार अब यी दुईजना सम्बन्धलाई अघि बढाउन तयार भएका छन् ।

बलिउड संचारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी गरेको जनाएका छन् । तर, यी दुईले मिडियासँग बिहेबारे केही बोलेका छैनन् ।

सूत्रका अनुसार दुबैजनाले बिहेको तयारी थालेका छन् । बिहेको पहिरनलाई फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेको बताइएको छ । पछिल्ला दिनमा दुबैले मनपर्ने फेब्रिक छानिरहेका छन् । कट्रिनाले आफ्नो लागि र सिल्क नम्बर चुनेकी छिन् जुन उनको लेंहगामा प्रयोग हुनेछ । बिहे आगामी नोभेम्बर र डिसेम्बरसम्म हुने भनिएको छ ।

मिडियासामु दुबैले प्रेम सम्बन्धबारे केही नबताएपनि कैंयौंपटक उनीहरु एकअर्कासँग भेटिएका छन् । कैंयनपटक विक्की कट्रिनाको घरमा भेटिएका छन् । हालै उनीहरु फिल्म ‘सरदार उधुम’को फिल्म स्क्रिनिङ कार्यक्रममा स्पट भएका थिए । यस क्रममा उनीहरुको आलिंगनको तस्बिर सामाजिक संजालमा भाइरल बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *