एएफसी यू-२३ : उच्च मनोबलका साथ इरानसँग भिड्दै नेपाल – Nepal Press

एएफसी यू-२३ : उच्च मनोबलका साथ इरानसँग भिड्दै नेपाल

काठमाडौं । नेपालले आज एएफसी यू-२३ एसियन कप छनोटको पहिलो खेलमा इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरू हुनेछ ।

यस प्रतियोगितामा पछिल्लो दुई संस्करण नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । नेपालले खेलेका ६ वटै खेलमा हार ब्यहोरेको छ । र, कुनै पनि गोल गर्न सकेको छैन ।

यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी ५ खेलाडीसहित ताजकिस्तान पुगेको नेपाली टोली इरानविरुद्ध उच्च मनोबलकासाथ खेल्दैछ ।

नेपालले यू-२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यस अघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले हराएको थियो ।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेल आज इरानसँग, दोस्रो खेल अक्टोबर २८ मा ताजिकिस्तानसँग र अक्टोबर ३१ मा समूहको अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू-२३ एसियन कप खेल्ने मौका पाउँनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ ।

नेपाली २३ टोली-

गोलरक्षक- अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर- सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर- नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक विष्ट

स्ट्राइकर- ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर