भारत र पाकिस्तान: हेड टू हेडमा को अघि ?
काठमाडौं । यूएई र ओमानमा जारी टी-२० विश्व कप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। विश्व कपको सुपर १२ अन्तर्गत आज दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७:४५ बजे भिड्ने छन् ।
समूह २ मा रहेका दक्षिण एसियाका दुई हस्ती पाकिस्तान र भारत आमनेसामने भइरहँदा कसले बाजी मार्ला? भनेर विभिन्न अड्कलबाजी भइरहेका छन् । भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। दुबै टीम एक-एकपटक च्याम्पियन बनिसकेका छन् ।
राजनीतिक रूपमा पनि चर्चाको शिखरमा रहेका यी दुई देशबीचको खेल पनि चर्चामै रहने गर्दछ। भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ । क्रिकेटमा निकै बलिया दुई हस्तीबीचको खेलले पनि यसपालिको विश्व कप हेर्न लाएक रहनेछ। यी दुईबीचको खेल बिरलै देख्न सकिन्छ ।
एक अर्को टिमविरुद्ध खेल नै अस्वीकार गर्ने यी टोली एउटै समूहमा परेपछि समूह चरणका खेलमै धमाका हेर्न पाइनेछ। दुई टीमबीच अन्तिम टी-२० खेल १९ मार्च २०१६ मा सम्पन्न भएको थियो । आईसीसी टी-२० विश्वकपको यो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । भारत र पाकिस्तान टोली टी-२० विश्वकपमा पाँच पटकपटक आमने-सामने आएका छन् । यी सबैमा भारतले पाकिस्तानलाई हराइसकेको छ।
समग्र टी-२० को बारेमा कुरा गर्ने हो भने भारत र पाकिस्तानले आठपटक खेलिसकेका छन् । यसमा भारतले सात र पाकिस्तानले एकपटक जितेको छ । २००८ को मुम्बई आतंकवादी हमलापछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन ।
उही समयमा नियन्त्रणको रेखामा लगातार युद्धविराम उल्लंघन र फेब्रुअरी २०१९ मा पुलवामा हमलापछि यो सम्बन्ध झनै खराब भयो । २००७-०८ सिजन पछि यी दुई टोलीले टेस्ट शृंखलामा सामना गरेका छैनन् ।
यद्यपि दुवै टोली आईसीसी टुर्नामेन्टमा एकअर्काविरुद्ध खेलेका छन् । भारत र पाकिस्तानले नाै वर्षदेखि कुनै द्विपक्षीय शृंखला खेलेका छैनन् । दुई टीमबीच अन्तिम टी-२० र वानडे शृंखला डिसेम्बर २०१२ मा भएको थियो ।
टी-२० सीरिज १-१ ले बराबरी भयो भने वानडे शृंखला पाकिस्तानले २-१ ले जितेको थियो । २०१७ देखि भारतले पाकिस्तानविरुद्ध केवल पाँच वानडे खेल खेलेको छ । यी सबै खेलहरू आईसीसी टुर्नामेन्टको हिस्सा थिए । यसमा २०१७ मा च्याम्पियन्स ट्रफीमा दुई खेल, २०१८ मा एसिया कपमा दुई खेल र २०१९ विश्वकपमा एक खेल खेलिएको थियो ।
टी-२० विश्वकपमा दुई टोलीबीचको भिडन्त
२००७ को टी-२० विश्वकप
१. समूह चरण : भारतले पाकिस्तानलाई हरायो
म्याच अफ दि म्याच : रोबिन उथप्पा
२.फाइनल : भारतले पाकिस्तानलाई पाँच रनले हरायो
म्याच अफ दि म्याच : इरफान पठान
२०१२ को टी-२० विश्वकप
३.सुपर ८ : भारतले पाकिस्तानलाई ८ विकेटले हरायो
म्याच अफ दि म्याच : विराट कोहली
२०१४ को टी-२० विश्वकप
४. समूह चरण : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो
म्याच अफ दि म्याच : अमित मिश्रा
२०१६ को टी-२० विश्वकप
५. सुपर १० : भारतले पाकिस्तानलाई ६ विकेटले हरायो
म्याच अफ दि म्याच : विराट कोहली