सर्जियो एग्यूरोको डेब्यू, कोउटिन्होको गोलमा बार्सिलोना विजयी – Nepal Press

सर्जियो एग्यूरोको डेब्यू, कोउटिन्होको गोलमा बार्सिलोना विजयी

एजेन्सी । अर्जेन्टिनी स्टार सर्जियोे एग्यूरोले लामो पर्खाइपछि बार्सिलोनाका लागि डेब्यू गरेका छन् । यो खेलमा फिलिप कोउटन्होले ११ महिनाको अन्तरालमा गोल गर्न सफल रहे र सोही गोलको सहयोगमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ गोलअन्तरको जित निकालेको छ ।

यो सिजन सुरु हुनुअघि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट स्पेन आएका एग्यूरो चोटका कारण टिमबाहिर रहँदै आएका थिए ।

उनी खेलको अन्त्यतिर मैदान प्रवेश गरेका थिए । त्यसको केहि समयअघि मात्रै कोउटिन्होले गोल गरी ३–१ को जित निश्चित गराएका थिए । उनले क्लोज रेन्जबाट गोल गर्नुअघि अंशु फाती र मेम्फिस डिपेले गोल गरिसकेका थिए ।

जोसे गायाले सुरुआतमै गोल गरे पाहुना टोली भ्यालेन्सियालाई नोउ क्याम्पमा अग्रता दिलाएका थिए । तर करिव १ वर्षपछि बार्सिलोना टोलीको सुरुआती ११ मा परेका फातीले बराबरी गोल फर्काए । फातीलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा डिपेले गोल गरे ।

काउटिन्होले सन् २०२० को नोभेम्बरमा ओसासुनामाथि ४–० को जितका क्रममा गोल गरेका थिए । जितपछि बार्सिलोनाको १५ अंक भएको छ । शीर्ष स्थानको रियल सोसिडाडभन्दा ५ अंकले पछाडि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर