नेशन्स लिगको फाइनलमा फ्रान्स र स्पेन भिड्ने – Nepal Press

नेशन्स लिगको फाइनलमा फ्रान्स र स्पेन भिड्ने

एजेन्सी । थियो हर्नान्डेजले अन्तिम मिनेटमा गोल गरेपछि बेल्जियमविरुद्ध पछि परेको स्थितिबाट पुगरागमन जितका साथ फ्रान्सले यूईफए नेशन्स लिगको फाइनलमा स्थान बनाएको छ । उपाधिका लागि उसले आइतबार स्पेनको सामना गर्नेछ ।

पहिलो हाफमा चार मिनेटको अन्तरमा दुई गोलले पछि परे पनि डिडिएर डेसच्याम्पको टोली दोस्रो हाफमा निकै नै आक्रामक र शानदार देखिएको थियो ।

एसी मिलानका सेन्टर ब्याक हर्नान्डेजले टुरीनको एलियान्स एरिनामा खेलिएको यो खेलमा अन्तिम समयमा बक्सको ठीक बाहिरबाट शानदार गोल गरेका थिए ।

खेलमा बेल्जियमको सुरुआत राम्रो थियो । ३७ औं र ४०औं मिनेटमा यान्निक कारास्सोले गोल गरेका थिए । दुवै गोलका लागि केभिन डी ब्रुयेनले पास उपलब्ध गराएका थिए ।

तर दोस्रो हाफ पूरा फ्रान्सकै लागि थियो । ६२औैं मिनेटमा करिम बेन्जेमाले केलियन एम्बाप्पेको पास सदुपयोग गरी गोल गरेका गिए । त्यसको सात मिनेटपछि बेल्जियमका योरी टेलिम्यानले एन्टोइन ग्रिजमनलाई बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले नै गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर