साफ च्याम्पियनसीपः भारत र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडे – Nepal Press

साफ च्याम्पियनसीपः भारत र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडे

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसीप अन्तरगत आज भएको खेलमा भारत र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टिमले गोल गर्न नसकेपछि ०-० को नतिजा स्वीकार्न वाध्य भएका हुन् ।

माल्दिभ्सको एक मात्र राष्ट्रिय रंगशालामा आयोजना भएको खेलमा दुवै टिम जितको खोजीमा थिए । तर, पाएका अवसर सदुपयोग गर्न नसक्दा गोल गर्न चुके ।

श्रीलंकाका लागि आजको खेलमा ‘गर’ वा ‘मर’ को स्थिति थियो । अघिल्ला दुवै खेलमा पराजित भएकाले उसलाई जित निकाल्नैपर्ने वाध्यता थियो । तर, बराबरीमा चित्त बुझाउनु परेपछि उसको फाइनल यात्रा लगभग असम्भव बनेको छ । अब श्रीलंकाको गणितीय सम्भावना मात्रै बाँकी छ ।

अर्को तर्फ भारतका लागि पनि आजको नतिजा सुखद भएन । उसले यसअघि बंगलादेशसँग पनि बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसैले ७ पटकको च्याम्पियनको फाइनल यात्रा पनि कठिन बनेको छ । आजको नतिजा नेपालका लागि भने अनुकुल छ । दुईवटा खेल जितर अंकतालिकाको शीर्षस्थानमा रहेको नेपाल फाइनलको बलियो दावेदार हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर