बुद्धभूमि हाइड्रोको आईपीओ भोलि बाँडफाँट हुने – Nepal Press

बुद्धभूमि हाइड्रोको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार (भोलि) बाँडफाँट हुने भएको छ । कम्पनीले असोज ११ देखि १४ गतेसम्म सर्वसाधारणका लागि ८ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा ३५.५५ गुणा बढी २ करोड ६५ खाल ३१ हजार ४० कित्ता सेयर खरिदका लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । मागभन्दा अत्यधिक बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार न्यूनतम १० कित्ताका दरले सेयर वितरण गरिने बताइएको छ ।

यो कम्पनीको आईपीओ निष्कासनका लागि रेटिङ प्रदान गर्ने इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको थियो । यसको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आईपीओ बाँडफाँट गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *