चीनले अनुदानमा दिने १६ लाख डोज भेरोसेल खोप कात्तिक पहिलो साता आउँदै – Nepal Press

चीनले अनुदानमा दिने १६ लाख डोज भेरोसेल खोप कात्तिक पहिलो साता आउँदै

चिनियाँ सेनाले ३ लाख डोज नेपाली सेनालाई अलग्गै दिने

काठमाडौँ । अनुदानमा चीनले दिने घोषणा गरेको १६ लाख डोज भेरोसेल खोप कात्तिकको पहिलो साता आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार खोप आगामी कात्तिकको ३, ५ र ६ गते काठमाडौँ आइपुग्ने भएको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै चीनले १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । चिनियाँ राजदूत होउ यान्छिले साउन १ गते प्रधानमन्त्री देउवालाई बधाई दिँदै सो मात्रको खोप अनुदानमा दिने जनाएकी थिइन् ।

राज्यमन्त्री श्रेष्ठले चीनबाट थप १० लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा प्राप्त हुन लागेको जानकारी समेत दिए । यसपटक अनुदानमा आउने खोप सिनोभ्याक भएको उनले बताए । सिनोभ्याकलाई सरकारले आपतकालिन प्रयोगको अनुमति दिएको छ । मन्त्री श्रेष्ठले थप ३ लाख डोज खोप नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले अनुदानमा उपलव्ध गराउने समेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *