‘छक्का पञ्जा ४’ निर्माण सुरु, दीपक भन्छन् : जतिसक्दो चाँडो छायांकनमा जान्छौं – Nepal Press

‘छक्का पञ्जा ४’ निर्माण सुरु, दीपक भन्छन् : जतिसक्दो चाँडो छायांकनमा जान्छौं

काठमाडौं । लामो अन्यौलतापछि अन्ततः ‘छक्का पञ्जा ४’ फिल्म निर्माण निश्चित भएको छ । निर्माता एवं अभिनेता दीपकराज गिरीले नेपाल प्रेससँग कुरा गर्दै फिल्म निर्माण सुरु भएको जनाएका छन् ।

‘आजदेखि स्क्रिप्ट लगायत प्रि-प्रोडक्सनका कामहरु सुरु भएको छ’ दसैँ घटस्थापनाको अवसरमा आज बिहान कुरा गर्दै उनले भने, ‘कन्सेप्ट तयार थियो । अब स्क्रिप्ट लेखन सुरु गर्छौैै र चाँडै छायांकनमा जाने तयारी छ ।’

मंगलबार फेसबुकमा ‘राजा इज ब्याक अगेन’ स्टेटस लेख्दै उनले छक्का पञ्जा चार बन्न लागेको संकेत गरेका थिए । छक्का पञ्जा सिरिजमा दीपक राजा नामक पात्रको भूमिकामा छन् ।

‘हामी सकेसम्म चाँडै छायांकनमा जाने तयारीमा छौं’ उनले भने, ‘कोरोनाले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि अहिले सुटिङमा जानु जरुरी छ ।’

चलचित्र विकास बोर्डले पनि अहिले छायांकनमा जाने फिल्मलाई प्रोजेक्ट बिमाअन्तर्गत डेढलाखको बीमाको सुविधा प्रदान गर्दैछ । छक्का पञ्जाका अघिल्ला तीनैवटा फिल्मले बक्सअफिसमा व्यवसायिक सफलता प्राप्त गरेका थिए । दीपकराज गिरीको समूहले अहिले काठमाडौंको शंखमूलमा मल्टिप्लेक्स फिल्म हल निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *