मिडियासँग पन्छिइन् साम्राज्ञी : चार घण्टा कुराएर जब कार्यक्रमको बीचमै सुटुक्क बाहिरिइन् ! (भिडिओ) – Nepal Press

मिडियासँग पन्छिइन् साम्राज्ञी : चार घण्टा कुराएर जब कार्यक्रमको बीचमै सुटुक्क बाहिरिइन् ! (भिडिओ)

काठमाडौं । प्रेसमिटमा ढिला आउनु नेपाली सेलेव्रिटीको ‘समस्या’ नौलो होइन । नाम चलेका ‘स्टारहरु’मा पङ्चुअल नहुने समस्या निकै छ । कतिपय सेलेव्रिटी चाहिँ मिडियासँग पन्छिन खोज्ने प्रवृत्ति बढेको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री साम्राज्ञी शाहले आफूसँग कुराकानी गर्न चार घण्टा प्रतीक्षा गरिरहेका पत्रकारसँग पन्छिने प्रयास गरिन् ।

आफू अभिनित म्युजिक भिडिओ ‘माया पिरेम’को कभरेज गर्न ठमेलको अलफ्ट पुगेका मिडियाकर्मीलाई पन्छाउँदै साम्राज्ञी कार्यक्रमको बीचबाटै बाहिरिइन् । कार्यक्रममा चार घण्टा बसेकी साम्राज्ञी मिडियासँग अन्तक्रिया गर्ने बेला आएपछि सुटुक्क बाहिरिएकी थिइन् ।

उनलाई फर्काउन आयोजकले प्रयास गरेपनि मिडियासँग बोल्न नचाहेको भन्दै उनी आउन मानिनन् । कार्यक्रम उद्घोषकले साम्राज्ञी फर्कन नमानेको बताएपछि उनको प्रतीक्षामा चार घण्टा कुरेका पत्रकार निराश भए ।

साम्राज्ञीको यो कार्यबाटै उनी मिडियासँग असन्तुष्ट रहेको बुझ्न सकिन्छ । अघिल्लो लकडाउनको बेला भुवन केसीसँगको झगडामा मिडियालाई लिएर साम्राज्ञीले असन्तुष्टि व्यक्त गरेकी थिइन् । त्यसपछि साम्राज्ञीले मिडियासँग दूरी बढाउँदै आएकी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *