आईपीएलः राजस्थानमाथि सानदार जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै – Nepal Press

आईपीएलः राजस्थानमाथि सानदार जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति साविक विजेता मुम्बईले राजस्थान रोयल्समाथि ८ विकेटको सानदार जित हासिल गरेको छ ।

यो जितसँगै मुम्बईले पनि प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ । दिल्ली क्यापिटल्स, चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

राजस्थानमाथिको जितपछि कोलकाता नाइट राइडर्स र मुम्बईको समान १२ अंक भएको छ । लिगको अन्तिम खेल मुम्बईले सनराइजर्स हैदराबाद र कोलकाताले राजस्थानसँग खेल्न बाँकी छ । यी खेलका नतिजाले प्लेअफमा पुग्ने अर्को टोलीको भविश्य निर्धारण गर्नेछ ।

गएराति राजस्थानलाई ९०–९ को स्कोरमा रोकेर मुम्बईले ८ ओभरमै खेल जितेको थियो । टस हारेको राजस्थानले मुम्बईका बलरहरु हाबी हुँदा ब्याटिङमा निरिह बन्यो । मुम्बईका नाथान कल्टर नाइलले ४, नेम्स निसमले ३ र जसप्रित बुम्राहले २ विकेट लिएका थिए ।

जवाफमा ओपनर इशान किसानले २५ बलमा ५० रनको अविजित पारी खेलेपछि मुम्बईले २ विकेट गुमाएर ८.२ ओभरमै खेल अन्त्य गरिदियो । यो जितले उसको नेट रनरेट माथि आएको छ । तर पनि रनरेटमा कोलकाताभन्दा अझै पछाडि नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर