नेप्से परिसूचक घट्याे, लगानीकर्ता पर्ख र हेरको स्थितिमा – Nepal Press

नेप्से परिसूचक घट्याे, लगानीकर्ता पर्ख र हेरको स्थितिमा

काठमाडौं । नेप्से परिसूचक आज ६.६८ अंकले घट्दै २५७०.८१ विन्दुमा पुगेको छ । आज नेप्से दिनभर कहिले घट्ने र कहिले बढ्ने गरिरह्यो ।

लामो समयदेखि पेनिक सेल गरिरहेका लगानीकर्ताले आज पर्ख र हेरको स्थितिमा रहे । जसका कारण कारोबार रकम साढे तीन अर्बमा सीमित भयो ।

आज ७६ लाख ५३ हजार २२० कित्ताको कारोबारमा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावरको कारोबार सबैभन्दा धेरै १२ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी, आज सधै सकारात्मक सर्किट लगाउने मनकामना लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज होटल एण्ड टुरिजम, अन्य, लघुवित्त तथा जीवन बीमाको उपसूचकमा हरियाली छाएको छ भने बाँकी उपसूचक रातम्मे भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *