राजेशको फोटोलाई प्रमुख अतिथि बनाउँदै शोभितले भने : आजदेखि राजेश महानायक र भुवनलाई सुपरस्टार भन्छु – Nepal Press

राजेशको फोटोलाई प्रमुख अतिथि बनाउँदै शोभितले भने : आजदेखि राजेश महानायक र भुवनलाई सुपरस्टार भन्छु

काठमाडौं । निर्देशक शोभित बस्नेतको योजनामा दुई साताअघि महानायक विवाद झिकियो । उनी आफैले निर्देशन गरेको फिल्म ‘डाँडाको बरपीपल’को गीत रिलिज कार्यक्रममा यो विवाद झिकिएपछि फिल्मको मुख्य कार्यक्रम नै ओझेलमा पर्‍यो ।

शोभित र भुवनले उक्त कार्यक्रममा शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिकको उपाधि दिए । फिल्म चलाउन मसला चाहिने भन्दै शोभित र भुवनले यो विवाद झिकेका थिए । एकातर्फ फिल्म रिलिजको मुखमा आफ्नै बदनामी हुने र अर्कोतर्फ सलोन बस्नेत समेत असन्तुष्ट भएपछि शोभितलाई नसोचेको आपत आइलाग्यो ।

तर, उनी यो विवादलाई साम्य पार्न चाहन्छन् । आइतबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज प्रेसमिटमा शोभितले राजेश हमाल नै महानायक भएको भन्दै विगतको अभिव्यक्तिप्रति माफी मागे । हमालकै तस्बिरलाई सांकेतिकरुपमा प्रमुख अतिथि बनाएर शोभितले ट्रेलर रिलिज कार्यक्रम आयोजना गरेका थिए ।

ट्रेलर रिलिज कार्यक्रममा शोभितले शिव, भुवन र गौरीलाई बोलाएनन् । फिल्मभन्दा अन्य विवादले मुल कुरो नै ओझेलमा परेको भन्दै पहिलोपटक निर्माता बनेका छोरा सलोनको दबाबपछि शोभितले यो विवादलाई थामथुम पार्ने प्रयास गरेका हुन् । उनले माफी माग्दै हमालका फ्यानको पनि मन जित्ने प्रयास गरेका छन् ।

शोभितले भनेका छन् : मलाई लाग्थ्यो, केही व्यक्तिले दिएको महानायक भन्दा सुपरस्टारको उपाधि ठूलो हो । तर, म गलत रहेछु । आजदेखि म राजेश हमाललाई महानायक र भुवन केसीलाई सुपरस्टार भन्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *