राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न सकेनः सत्यमोहन जोशी – Nepal Press

राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न सकेनः सत्यमोहन जोशी

काठमाडौं । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको गुनासो गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रुपमा केही हुन नसकेको आरोप लगाए ।

कार्यक्रममा ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गरिएको थियो । शताब्दी पुरुष जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको एल्बमको विमोचन गरे ।

कार्यक्रममा मानन्धरका ७ वटा गीत सार्वजनिक गरिएको थियो । गीतमा संगीतकार हरिशरण साय्मीले संगीत संयोजन गरेका छन् । सार्वजनिक गरिएका गीतहरु गायक मानन्धरकै युट्युब च्यानलमार्फत सार्वजनि गरिएको छ । सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *