ईपीएल: पोखरालाई विराटनगरले दियो १ सय ७३ रनको लक्ष्य – Nepal Press

ईपीएल: पोखरालाई विराटनगरले दियो १ सय ७३ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत शनिबारको दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर वारियर्सले पोखरा राइनोजसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार गरेको हो ।

विराटनगरका लागि आशिफ शेखले ३३ बलमा ६ चौकासहित सर्वाधिक ४४ रन बनाउँदा सन्दीप रजाली २८ र कप्तान करण केसी २४ बलमा अविजित रहे । यस्तै, शिकन्दर राजा २९ रनमा पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पोखरका लागि बिक्रम शोबले २ तथा नन्दन यादव, विवेक यादव र सहान अराचिगेले समान १/१ विकेट लिए । सुरुआती तीन खेलमा जितविहीन विराटनगर प्ले अफमा पुग्ने झिनो आशा जिवित राख्न यो खेल जित्नै पर्ने दबाबमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर