पोखराका लागि विवेकको अर्धशतक !
नेपाल प्रेस
२०७८ असोज १५ गते १५:५०
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सविरुद्ध खराब सुरुआत गरेको पोखरा राइनोजका लागि विवेक यादवले अर्धशतक बनाएका छन् । ५० रन नपुग्दै पाँच विकेट गुमाएको पोखराका लागि इनिङ सम्हाल्ने क्रममा विवेकले ४३ बलमा ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा अहिले १९.३ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर ११९ रनको योगफल बनाएर खेलिरहेको छ ।
सुरुआती पाँच मध्ये चार ब्याटरलाई १० भन्दा कम रनमा गुमाएको पोखराका लागि विवेक र असेला गुणारत्नेले ५६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याएका थिए ।
प्रतिक्रिया