साबिक विजेता हेल्प नेपाल एनभिए क्लब च्याम्पियनसिप सेमिफाईनलमा – Nepal Press

साबिक विजेता हेल्प नेपाल एनभिए क्लब च्याम्पियनसिप सेमिफाईनलमा

काठमाडौं । साविक विजेता हेल्प नेपाल छैटौं एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को सेमिफाईनलमा प्रवेश गरेको छ ।

३ भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहिबार भएको क्वाटरफाईनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५-२०, २५-१० र २५-१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । हेल्प नेपालले सेमिफाईनलमा पुलिस संगको भेट पक्का गरेको छ ।

आजै सम्पन्न खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-१९, २५-१८ र २५-१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला तर्फको खेलमा समूह ए को बिजेता बन्दै बिभागिय टोली एपिएफ क्लब सेमिफाईनल प्रवेश गरेको छ । एपिएफले सेमिफाईलनमा अर्को बिभागिय टोली आर्मि संगको प्रतिस्पर्धा गर्नेछ । बिहीबार भएको अन्तिम खेलमा एपिएफले चिरप्रतिद्वन्दि पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएको हो ।

एपिएफले पहिलो सेट २५-१४ ले जित्यो । दोश्रो सेट पुलिसलाई २१-२५ ले सुम्पन पुग्यो । तर, तेश्रो र चौथो सेट २५-१७ र २५-१९ ले जित्दै पुलिस माथि जित हाँसिल गरेको थियो । हारका बावजुद पुलिस समूह उपबिजेता बन्दै सेमिफाईनल प्रवेश गर्‍यो ।

यस्तै दोश्रो खेलमा होङ्गवान्जी न्यू डायमण्डले बिभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २७-२५, २५-२२ र २५-२३ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा पुलिस संग भिड्ने भएको छ ।

आगामी चैत्रमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर