दीपकको असन्तुष्टि : संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो – Nepal Press

दीपकको असन्तुष्टि : संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो

दशैंमा रिलिजको डेट तोकेर बसेकाप्रति आक्रोश

काठमाडौं । झन्डै ४० भन्दा बढी फिल्म अहिले निर्माण सकिएर रिलिजको तयारीमा छन् । अर्कोतर्फ, दशैंतिहारमा फिल्मको लाइनअप नहुँदा फिल्म क्षेत्रलाई चलायमान बनाउन मुस्किल भएको छ ।

स्वदेशी फिल्म रिलिजका लागि तयार नहुँदा हलहरुले फास्ट एन्ड फ्युरियस र जेम्स बन्ड फिल्म रिलिज गरेर प्रदर्शन सुरु गर्दैछन् । अघिपछि विदेशी फिल्मको विरोध गर्ने र फिल्म जुधाउँदा आक्रोशित हुने निर्माताहरु स्वयम अहिलेको परिस्थितीप्रति मौन छन् ।

यस्तोमा, फिल्म सम्बद्ध कतिपय व्यक्तिरुहले असन्तुष्टि व्यक्त गरेका छन् । निर्माता एवं दीपकराज गिरीले सामाजिक संजालमार्फत दशैंमा रिलिज गर्ने डेट तोकेर बसेका निर्माताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । संकटमा विदेशी फिल्म नै चाहिएको भन्दै उनले नेपाली निर्माताप्रति घुमाउरो ढंगमा आक्रोश व्यक्त गरेका छन् ।

उनी लेख्छन् : अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो । कमसेकम दशैंमा रिलिज गर्ने डेट तोकेर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियो नि । सहज हुँदा एकापसमा भिड्ने अनि अप्ठेरो बेला चाहिँ…।’

यसअघि अभिनेत्री केकी अधिकारी लगायतका कलाकारले पनि फिल्म क्षेत्रलाई चलायमान बनाउन विदेशी फिल्म रिलिज गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *