बेबी-बम्प फोटो सेयर गर्दै नायिका रञ्जना भन्छिन् : सन्तानलाई स्वागत गर्न आतुर छु – Nepal Press

बेबी-बम्प फोटो सेयर गर्दै नायिका रञ्जना भन्छिन् : सन्तानलाई स्वागत गर्न आतुर छु

न्यूयोर्क । नायिका रञ्जना शर्माले सन्तानको आगमनलाई लिएर आफू निकै उत्साहित रहेको बताएकी छिन् । फेसबुकमा बेबी–बम्प तस्बिर सार्वजनिक गर्दै उनले आमा हुन पाउनु प्रत्येक महिलाको सपना हुने भन्दै खुशि बाँडेकी हुन् ।

‘भगवानको यो आशिर्वादलाई लिएर म निकै उत्साहित छु’ उनले लेखेकी छिन् ।

गतवर्ष चैत २५ गते न्यूयोर्कका एनआरएन निकेश सिलवालसँग विहे गरेकी रञ्जनाले गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी छिन् । कोरोनाभाइरस महामारीको कारण रञ्जना र निकेशले अदालतबाटै कानूनी विहे गरेका थिए ।

सन् २००६ मा रञ्जनाले पहिलो विहे निर्देशक श्याम भट्टराईसँग गरेकी थिइन् । रञ्जना अमेरिका गएपछि श्यामसँग उनी अलग भएकी थिइन् । श्याम पनि अहिले बिहे गरेरै अमेरिकामा छन् ।

सम्बन्ध विच्छेद अगाडि नै रञ्जना र निकेशबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । गहना टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी रञ्जनाले कन्यादान, सलाम छ मायालाई, वीरताको चिनो, मर्यादा, मौसम, बदमास फिल्ममा अभिनय गरेकी छिन् । चारवर्षअघि पारिवारिक भेटघाटका लागि उनी नेपाल आएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *