काठमाडौंविरुद्ध चितवनको रोमाञ्चक जित – Nepal Press

काठमाडौंविरुद्ध चितवनको रोमाञ्चक जित

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा चितवन टाइगर्सले काठमाडौं किङ्स–११ लाई ३ विकेटले हराएको छ ।

कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा टस जितेर बलिङ रोजेको चितवनले ८ बल बाँकी रहँदा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चेज गर्दै रोमाञ्चक जित निकालेको हो ।

चितवनको जितमा कमल सिंह ऐरी र राजेश पुलमी मगरले ८औं विकेटका लागि ४७ रनको उत्कृष्ट साझेदारी गरे । त्यस्तै व्याटिङमा दलिप नाथले २६ बलमा ४ चौका र १ छक्कासहित २३ रन, कारिम जनत १४ बलमा ३ चौका र १ छक्का सहित २१ रन र मोहमद साहजाद १३ बलमा १७ रन जोडे ।

बलिङतर्फ सागर ढकालले चार ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । काठमाडौंको बलिङमा जितेन्द्र मुखिया र रयाल वु्रर्लले समान २ विकेट लिए । भने, रयान वुर्ल, सन्दीप लामिछाने, गुलशन झा र जनक प्रकासले १/१ विकेट लिए । आजै हुने दोस्रो खेलमा डिफेन्डीङ च्याम्पियन ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर