तातोपानी कुण्ड खुला : कोभिड प्रोटोकल पालना गर्दै डुब्नेको घुइँचो – Nepal Press

तातोपानी कुण्ड खुला : कोभिड प्रोटोकल पालना गर्दै डुब्नेको घुइँचो

बेनी । प्राकृतिक चिकित्सालयरुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको तातोपानी कुण्ड खुला भएको छ । कोरोनाभाइरस संक्रमण घटेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले कुण्ड खुलाएको हो ।

पाँच महीनासम्म बन्द रहेको कुण्ड कोरोना घटेसँगै असोजको पहिलो सातादेखि संचालनमा आएको छ । बैशाखको तेस्रो सातादेखि कुण्डलाई बन्द गरिएको थियो ।

तातोपानी कुण्ड व्यवस्थापन सचिव कुमार केसीले कोरोनाभाइरस संक्रमण घट्दै गएकाले सतर्कता अपनाएर कुण्ड खुला गरिएको बताए । खुला भएपछि दैनिक डेढसय दुईसयले कुण्डमा डुब्दै आएका छन् ।

कुण्डमा डुब्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, भीडभाड गर्न नहुने नियम राखिएको छ । जसअनुसार आलोपालो अनुसार कुण्डमा डुब्ने नियम बनाइएको छ । पानी पिउँदै तातोपानी कुण्डमा बिहान ३ घण्टा र बेलुकी ३ घण्टाको दरले सातदिनदेखि दशदिनसम्म डुबेमा बाथ रोग, ढाढ दुख्ने, ग्यास्ट्रिक, चर्मरोग लगायत निको हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *