अमेरिकी एनआरएन निर्माणसँगको प्रेममा गायिका प्रविशा, मंसिरमा बिहे तयारी – Nepal Press

अमेरिकी एनआरएन निर्माणसँगको प्रेममा गायिका प्रविशा, मंसिरमा बिहे तयारी

काठमाडौं । गायिका प्रविशा अधिकारीको गायकीको जति चर्चा हुन्छ, उति नै सौन्दर्यको प्रशंसा पनि । उनलाई रुचाउने डाइहार्ट फ्यानहरु प्रशस्तै छन् । यस्तोमा, गायिका अधिकारी अब सिंगलबाट मिंगल हुन लागेको खबर बाहिरिएको छ ।

अमेरिकामा रहँदै आएका एनआरएन निर्माण सिटौलासँग प्रविशाले विहेको तयारी गरेकी छिन् । आगामी मंसिरमा बिहेको तयारी भैरहेको जानकारी प्रविशाले नेपाल प्रेसलाई दिइन् । भन्छिन्, ‘यसअघि नै विहेको तयारी भएपनि, विविध कारणले हुन सकेन । अब मंसीरमा गर्ने तयारी भएको छ ।’

भौतिकरुपमा उनीहरुले डेट नगरेपनि उनीहरु भर्चुअलरुपमा सम्पर्कमा भने छन् । तीन महीनादेखि आफूहरुबीच कुराकानी हुन थालेको जानकारी प्रविशाले दिइन् । बिहेका लागि अहिले दुबैजनाको परिवारले तयारी गरिरहेका छन् ।

प्रविशालाई निर्माणको स्वभावले आकर्षण गरेको र आफूलाई राम्रोभन्दा पनि असल मान्छे मनपर्ने उनले बताइन् । निर्माणमा यी सबै गुण भएकाले उनले आफ्नो मन जितेको प्रविशाले बताइन् । निर्माणको घर पनि झापा नै हुन् भने प्रविशा नै झापाली हुन् ।

आफ्नो सामाजिक संजाल टाइमलाइनमा प्रविशाको म्युजिक भिडिओ सेयर गर्दै निर्माणले उनको प्रशंसा गरेका छन् । अब वैवाहिक जीवनलाई अघि बढाउने मुडमा प्रविशा छिन् । अहिले उनी द भ्वाइस अफ नेपालको किड्स संस्करणको जजमा उनी व्यस्त छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *