अन्तिम बलमा राजेश पुलामीको चौकासँगै बिराटनगरमाथि चितवनको रोमाञ्चक जित – Nepal Press

अन्तिम बलमा राजेश पुलामीको चौकासँगै बिराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग अन्तरगत आज भएको दोस्रो म्याचमा चितवन टाइगर्सले बिराटनगर वारियर्समाथि दुई विकेटको रोमाञ्चक जित हात पारेको छ । चितवनको जितमा मध्येक्रमका ब्याट्सम्यान राजेश पुलामी नायक बने ।

चितवन सहजरुपमा लक्ष्यतर्फ बढिरहँदा अन्तिम समयमा खेलमा नाटकीय मोड आएको थियो । अन्तिम ओभरमा जितका लागि चितवनलाई २ रन मात्रै चाहिएको थियो र हातमा ३ विकट बाँकी थिए ।

तर, अनिल खरेलल पहिलो पाँच बलमा १ रन मात्रै दिए र १ विकेट लिए । अन्तिम बलमा जितका लागि एक रन चाहिँदा पुलामी क्रिजमा थिए । अघिल्ला दुई बलमा रन लिन नसकेका उनले चौका हान्दै टिमलाई जित दिलाएका हुन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको बिराटनगरले १ सय ५१ रनको सामान्य रोगफल तयार पारेको थियो । खराब सुरुवात गर्दै ९ रनमै तीन विकेट गुमाएको बिराटनगरलाई जिम्बाबेका ब्याट्सम्यान सिकन्दर राजाले उकासेका थिए ।

उनले ४७ बलमा ७ चौकासहित ६७ रन बनाए । यस्तै अनिल शाहले ३१ बलमा ३२ र सौरभ खनालले १९ बलमा ३० रन जोडेका थिए ।

चितवनका लागि पुलामीले सर्वाधिक ३९ बलमा ४३ रन जोडे । भिम सार्किले ११ बलमा १ छक्का र ५ चौकासहित ३० रन बनाए भने दिलिप नाथले २१ बलमा २ छक्का र १ चौकासहित २३ रन जाेडे । चितवनका  अफ्गानी मोहमद शाहजाद पहिलाे म्याचमा असफल बनेका छन् ।

वलिङतर्फ विराटनगरका लागि सिकन्दर राजा, करन केसीले समान २ विकेट लिए । त्यस्तै प्रतिस जिसी, अनिल खरेल र रयान पठानले १/१ विकेट लिए । आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर