बराबरी खेल्दै रियल मड्रिड र भिल्लारियलले अपराजित यात्रा कायम राखे – Nepal Press

बराबरी खेल्दै रियल मड्रिड र भिल्लारियलले अपराजित यात्रा कायम राखे

एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले भिल्लारियलसँग गोलरहित बराबरी खेलेको छ । दुवै टोली यो सिजन ला लिगामा अहिलेसम्म पराजित भएका छैनन् ।

कार्लो एन्सेटोलीको टोली रियलले लालिगाको सुरुआती ६ खेलमा २१ गोल गरेको थियो । तर भिल्लारियलमाथि गोल गर्न भने असम्भव रह्यो । करिम बेन्जिमाको प्रहार र इस्कोको डिफ्लेक्टेट हेडरमात्रै रियलले गरेको दुई प्रयास थियो । दुवैमा भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्लीले रोकिदिए ।

रियलको घरेलु मैदान सान्टियागो वर्नमाउमा बरु भिल्लारियलले केहि अधिक अवसर पाएको थियो । तर गोलरक्षक थियावट कोर्टवाले उत्कृष्ट प्रदर्शन गरे ।

बराबरीका बाबजुद रियलले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता कायम राखेको छ । रियलको ७ खेलबाट १७ अंक पुगेको छ । गएरातिका खेलमा सेभियाले स्पान्योललाई २–० ले हराउँदा साविक विजेता एट्लेटिको मड्रिड भने अलाभेससँग १–० ले पराजित रह्यो । उनीहरु दुवैको समान १४ अंक छ ।

उनाइ इमरे प्रशिक्षित भिल्लारियल भने छैटौं खेलसम्म अपराजित छ । उसले अहिलेसम्म लिगमा ५ बराबरी र १ जितको नतिजा निकालेको छ । भिल्लारियल दशौं स्थानमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर