प्रिमियर लिगमा लिगभरपुल बराबरीमा रोकियो, युनाइटेडको अप्रत्यासित हार – Nepal Press

प्रिमियर लिगमा लिगभरपुल बराबरीमा रोकियो, युनाइटेडको अप्रत्यासित हार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा उपाधि दावेदार टोलीहरु चेल्सी र म्यानचेस्टर युनाइटेडले आआफ्नो खेलमा पराजय ब्यहोर्दा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ भने लिभरपुल बराबरीमा रोकिएको छ ।

लिभरपुलले ब्रेन्टफोर्डसँग उसकै मैदानमा ३–३ गोलको बराबरी खेल्दै एक अंक थपेको छ । १४ अंकसहित शीर्ष स्थानमा लिभरपुल रहँदा ब्रेन्टफोर्ड ९ अंकसहित तालिकाको नवौं स्थानमा छ । ब्रेन्टफोर्डले घरेलु मैदानमा २७ औं मिनेटमा अग्रता लिएका थियो । उसका लागि इथान पिनोकले गोल गरेका थिए ।

३१ औं मिनेटमा डिएगो जोटाको गोलबाट लिभरपुलले खेल बराबरी गरेको थियो । ५४ औं मिनेटमा मोहम्द सलाहले गोल गर्दै लिभपुरलाई २–१ को अग्रता दिलाए । ६३ औं मिनेटमा बिटाली जालेन्टले गोल गरेपछि फेरि खेल २–२ को बराबरीमा आएको थियो ।

६७ औं मिनेटमा क्रटिस जोन्सले गोल गरेपछि लिभपुर ३–२ ले अघि बढेको थियो । ८२ औं मिनेटमा योआन वेसाले ब्रेन्टफोर्डका लागि गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो ।

अर्को खेलमा क्रिष्टियानो रोनाल्डो प्रेरित म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित भएको छ । पछिल्लो पाँच खेलमा उसको पहिलो हार हो । यो हारले युनाइटेडलाई शीर्ष स्थानमा पुग्ने अवसर गुमेको छ ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई आश्चार्यजनक रुपमा हराउनका लागि एस्टोन भिल्लाका हउसले निर्णायक गोल गरे । उनले खेल सकिनु २ मिनेट बाँकी हुँदा गोल गरेका थिए ।

खेलको इन्जूरी समयमा युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । बुर्नो फर्नान्डेजले गोल गर्न नसकेपछि युनाइटेडले अंक जोड्न असमर्थ रह्यो ।d

अन्य खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–० गोलले पराजित गरेको छ । चेल्सीले पनि सिजनमा पहिलो हार ब्यहोरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर