अमरेश सिंहविरुद्ध कांग्रेस केन्द्रीय कार्यालयमा नारावाजी – Nepal Press

अमरेश सिंहविरुद्ध कांग्रेस केन्द्रीय कार्यालयमा नारावाजी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा संस्थापन पक्षकै नेता कार्यकर्ताहरूले पनि नारावाजी सुरू गरेका छन् ।

सर्लाहीको क्रियाशील सदस्यता विवाद सम्बन्धमा संस्थापनइतर पक्षका नेता कार्यकर्ताहरूको विरोध प्रदर्शन सकिएलगत्तै प्रदेश २ का युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सर्लाहीका नेता सुरेन्द्र सिंहको नेतृत्वमा प्रदर्शन सुरू भएको हो । उनीहरूले सर्लाहीका सांसद अमरेश सिंहलाई कारवाही गर्न माग गरेका छन् ।

आफूलाई झूठो आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै प्रदेश मन्त्री सिंहले सर्लाहीबारे अनावश्यक विवाद झिकिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर