जन्मनासाथ प्रियंकाकी छोरीको इन्स्टाग्राम अकाउन्ट, आयो यस्तो स्टाटस ! – Nepal Press

जन्मनासाथ प्रियंकाकी छोरीको इन्स्टाग्राम अकाउन्ट, आयो यस्तो स्टाटस !

काठमाडौं। नायिका प्रियंका कार्कीको गर्भवती अवस्थाबारे मिडियामा अनगिन्ति गसिपहरु आए । सोसल मिडियामा दिनहु ट्रोलहरु बने । प्रियंका आफैंले मनग्गे मसला दिइरहिन् । आज उनी गर्भवती भएकी छन् ।

धेरैलाई लागेको छ, बच्चा जन्माएपछि उनको चर्चा केही समय थामिएला । तर, त्यस्तो छाँट देखिँदैन । छोरी जन्मिएपछि पनि प्रियंकाले पेज ३ गसिपमा छाइरहने सम्भावना देखाएकी छन् । जस्तो कि, उनीले आजै छोरीको नाममा इन्स्टाग्राम अकाउन्ट खोलिदिइन् ।

इन्स्टाग्रामको नियमअनुसार १३ वर्षभन्दा कम उमेरको व्यक्तिले अकाउन्ट खोल्न पाइँदैन । यस्तोमा अभिभावक अरु कसैले यसको सञ्चालन गर्नुपर्ने भनेर बायोमा नै उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ । प्रियंका–आयूष्मानले छोरीको अकाउन्ट आफूहरुले ह्यान्डल गर्ने बायोमा जनाएका छन् ।

गर्भवती हुनासाथै प्रियंका र आयूष्मानले छोरी जन्मने भन्दै ‘आयांका’ नामाकरण गरिसकेका थिए । छोरीका लागि दर्जनौं लुगाफाटा र खेलौना किनेर प्रियंकाले दराजमा सजाइसकेकी छन् प्रियंकाले । नभन्दै उनले छोरी नै पाइन् । स्मरणीय छ कि नेपालमा पेटमा रहेको बच्चाको भ्रुण पहिचान गर्नु कानूनसम्मत मानिँदैन ।

आज आयांका कार्की जोशी नाममा एक दिनकी प्रियंका पुत्रीको इन्टाग्राम एकाउन्ट खुलेको छ । जन्मिनासाथ आयांकाको पहिलो स्टाटस यस्तो छ, ‘ड्याडी र मम्मीले मलाई उहाँहरुको मायाको पोको भन्नुहुन्छ, र म असहमत छैन ।’

आयांकाको अकाउन्टलाई ३ हजारभन्दा बढीले फलो गरिसकेका छन् । आगामी दिनमा अब यसै अकाउन्टमार्फत प्रियंकाले गसिपका मसलाहरु उपलब्ध गराउन सक्छिन् । ट्रोलरहरु चनाखो रहनुपर्ने भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *