बिलेटमा बढाइएको कर फिर्ता गर्न निजी क्षेत्रको माग – Nepal Press

बिलेटमा बढाइएको कर फिर्ता गर्न निजी क्षेत्रको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले स्टिल उद्योगमा प्रयोग हुने बिलेटमा बढाइएको कर अन्तशुल्क फिर्ता हुनुपर्ने बताएका छन् ।

निजी क्षेत्रसम्बद्ध दुई संस्थाले बिलेटमा बढाइएको कर घटाउन सरकारसमक्ष माग गरेको हो । महासंघले विज्ञप्ति जारी गर्दै बिलेटमा बढाइएको कर फिर्ता गर्न माग गरेको हो ।

त्यस्तै फलामे छड उत्पादन गर्न प्रयोग हुने स्पन्ज आइरनमा बढाएको कर पनि फिर्ता गर्न निजी क्षेत्रले माग गरेको छ । स्पन्ज आइरनको कर बढाउँदा छड उत्पादन गर्दै आइरहेका उद्योगहरुको उत्पादन लागत बढेकाले प्रस्पिर्धा गर्न कठिन भएको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक विधयेकमार्फत फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र बिलेटमा राजस्वको दर हेरफेर गरिएको छ ।

कर तथा अन्तशुल्क बढाउँदा तत्कालका लागि दुई दर्जन स्टिल उद्योग बन्द हुने परिसंघले जनाएको छ ।

भन्सार दर एवं अन्तःशुल्कमा गरिएको परिवर्तनले स्पञ्ज र स्क्राप तथा बिलेटलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी छड उत्पादन गर्ने उद्योगको उत्पादन लागत र मूल्यमा ठूलो अन्तर पर्न जानेछ । जसकारण धेरै उद्योग बन्द हुनसक्ने निजी क्षेत्रले जनाएको छ ।

उद्योग बन्द हुँदा धेरै रोजगारी गुम्नेछ । त्यस्तै उद्योगीलाई बैंकको ऋण तिर्नसमेत मुस्किल हुने महासंघ र परिसंघले जनाएको छ ।

महासंघले ठूला र राष्ट्रिय महत्वका उद्योग तथा विकास निर्माणमा गर्ने खर्चको स्रोत नखोज्ने सरकारी निर्णयप्रति आभार प्रकट गरेको छ ।

त्यस्तै महासंघले सम्पत्ति अभिलेखिकरण सुविधा दिन पनि माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *