हङकङविरुद्ध नेपालको सुरुआती-११ सार्वजनिक, पूजाको स्थानमा विमला
काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको अन्तिम खेलमा नेपालले मंगलबार हङकङको सामना गर्दैछ । उज्बेकिस्तानको ताश्केन्तमा नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सुरुआती-११ सार्वजनिक गरेका छन् ।
गत शनिबार भएको समूह ‘एफ’को पहिलो खेलमा मैदान उत्रिएको टोलीमा मुख्य प्रशिक्षक फिलिप्सले एक परिवर्तन गरेका छन् । उक्त खेलमा चोटका कारण पूरा समय दिन नसकेकी पूजा रानको स्थानमा विमला बिकलाई सुरुआती-११ मा स्थान दिएका छन् ।
विमलाले शनिबारको खेलमा घाइते पुजालाई प्रतिस्थापन गर्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् । त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी विमलालले राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी हुन् ।
चोटका कारण नेपाली टोली सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी स्टार फरवार्ड सावित्रा भण्डारीबिना उज्बेकिस्तान पुगेको छ ।
नेपालको सुरुआती-११
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा
डिफेन्डरः विमला बिक, अम्रिता जैसी, हिरा भुजेल, गिता राना
मिडफिल्डरः रेणुका नगरकोटी (कप्तान), सरु लिम्बु, मन्जली योन्जन
फरवार्डः प्रीती राई, विमला चौधरी, सविता राना मगर