गायन रियालिटी सो ‘सारेगम लिटिल च्याम्प्स’ घोषणा, जजमा इन्दिरा, न्यूह र कालिप्रसाद रहने – Nepal Press

गायन रियालिटी सो ‘सारेगम लिटिल च्याम्प्स’ घोषणा, जजमा इन्दिरा, न्यूह र कालिप्रसाद रहने

काठमाडौं । नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प्स’को घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

नेपाल आइडलका तीन निर्णायकहरु न्यूह बज्राचार्य, इन्दिरा जोशी तथा कालीप्रसाद बाँस्कोटा यसमा पनि जजको रुपमा रहने भएका छन् । कार्यक्रमको सञ्चालन रीमा विश्वकर्मा र मदनकृष्ण श्रेष्ठका छोरा यमनले संचालन गर्ने भएका छन् ।

पहिलो पटक नेपालमा हुन लागिरहेको अन्तर्राष्ट्रिय गायन रियालिटी सोलाई नोबडी प्रोड्युसनले उत्पादन गरेको हो । कार्यक्रमको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । यो रियालिटी सो साताको शुक्रवार र शनिवार बेलुका ९ बजे ग्यालेक्सी फोर के र डोको युट्युब च्यानल बाट प्रसारण हुने जनाइएको छ ।

आफ्नो गायन करियर नै रियालिटी सोबाट सुरु भएकाले यसलाई लिएर आफू उत्साहित भएको इन्दिराले बताइन् । विशेषगरि बच्चाहरुसँग मिलेर काम गर्नुपर्ने भएकाले आफू रोमाञ्चक रहेको समेत उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *