ओकिलीको कमब्याक गीतमा यशराज र प्रनिमाको ठुम्का (भिडिओसहित) – Nepal Press

ओकिलीको कमब्याक गीतमा यशराज र प्रनिमाको ठुम्का (भिडिओसहित)

काठमाडौं । कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ओकिलीका गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सरिताको दिदी शीर्षकको गीत सार्वजनिक गरेका छन्।

गीतमा अनीश ओकिलीको स्वर शब्द तथा सङ्गीत छ । शब्दमा उनलाई अयोध्या पी उपाध्यायले साथ दिएका छन् । यस्तै गीतमा सङ्गीत संयोजन भने चाँद सिंहको छ । गीतलाई सङ्गीतकार राजन इशानले मास्टरिङ गरेका हुन् ।

राजन इशानकै कन्सेप्टमा तयार पारिएको गीतको म्युजिक भिडिओमामा अभिनेता यशराज गराच तथा प्रनिमा दाहालका साथमा सन्दीप क्षेत्रीलाई फिचर गरिएको छ । सन्तोष भुजेलको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाङ्कन तथा बिजेश पौडेलको सम्पादनमा तयार भएको उक्त भिडिओलाई बिजेश तथा राजनले निर्देशन गरेका हुन् ।

३ दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय रहेका अनीश ओकिली एक परिचित नाम हो । उनको मेरी ओकिली, गुलाबी जाडो, झ्यालबाट हेरी लगायतका चर्चित गीत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *