सभामुखविरुद्ध युवा संघ र अखिलले उडाए संसदमा कालो बेलुन (तस्बिरहरू)
नेपाल प्रेस
२०७८ भदौ २३ गते १७:०१
काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा र विद्यार्थी संगठनले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ ।
प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता/कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् ।
दल विभाजनको मतियार बनेको भन्दै बैठकमा एमाले सांसदले नारावाजी गरेका थिए ।
तस्बिरहरू : सरोज बैजु/उमेश कार्की ।
प्रतिक्रिया