बुधबार १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु – Nepal Press

बुधबार १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं उपत्यकामा ५६८ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १६४० जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ४५५ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

परीक्षण गरिएका नमुनामध्ये ९७६७ पीसीआर र ३६८८ एन्टीजेन नमुना परीक्षण थिए । बुधबार थप २१६१ जना कोभिड बिरामी निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १० जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको जनाइएको छ । अहिले देशभर सक्रिय संक्रमित संख्या २९ हजार ४७९ जना रहेका छन् ।

बुधबारको संक्रमण दर १२.१८ प्रतिशत छ ।

काठमाडौंं जिल्लामा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ गरि ५६८ जना संक्रमित उपत्यकामा थपिएका छन् । उपत्यकापछि कास्कीमा १३२ र मोरङमा १३८ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख ७३ हजार (पीसीआर) र ८६ हजार (एन्टीजेन) संक्रमण पुष्टि भएको छ । कूल मृत्यु संख्या १० हजार ८८९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *