संसद अधिवेशन शुरु, सभामुखविरुद्ध उभियो एमाले (लाइभ)
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुखको भूमिका नभएको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद अधिवेशनको शुरुमै अवरोध गरेको छ ।
एमालेले भदौ १ गते माधव नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई निष्कासन गरिएको सूचना संसद सचिवालयलाई दिएकोमा सभामुखले कानून बमोजिम सूचना टाँस नगरी एमाले विभाजनमा भूमिका खेलेको आरोप छ ।
बैठक शुरु हुनासाथ एमालेका सांसदहरु उठेर अवरोध गरेका छन् । माधव नेपालहरु संसदभित्र आउन पाउने हो भने टोपवहादुर रायमाझी र लेखराज भट्टहरु पनि पाउनुपर्ने तर्क एमालेको छ ।
अदालतमा मुद्दा विचाराधीन रहेको र २८ गते अन्तरिम आदेशका लागि छलफलमा झिकाइएकाले १४ जना सांसद अनधिकृत भएको भन्दै उनीहरुलाई बाहिर निकाल्नुपर्ने एमालेको माग छ ।
बैठक शुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखबाट कानून उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन् । बैठक अहिले चलिरहेको छ ।
gorilla style xa ta savamukh ko k ho !