दक्षिणपूर्वी एसियाका ११ जना स्वास्थ्यमन्त्रीद्वारा १२ बुँदे ‘काठमाडौं सहमति’ सार्वजनिक (घोषणापत्रसहित) – Nepal Press
डब्लुएचओको क्षेत्रीय सम्मेलन काठमाडौंमा जारी

दक्षिणपूर्वी एसियाका ११ जना स्वास्थ्यमन्त्रीद्वारा १२ बुँदे ‘काठमाडौं सहमति’ सार्वजनिक (घोषणापत्रसहित)

काठमाडौं । काठमाडौंमा जारी विश्व स्वास्थ्य संगठनको ७४ औं दक्षिणपूर्वी एसियाली बैठकको दोस्रो दिन ११ वटा सदस्य मुलुकका स्वास्थ्य मन्त्रीहरुले १२ बुँदे सहमति गरेका छन् ।

१२ बुँदे घोषणापत्रमा कोभिड महामारीले अर्थतन्त्र, समाज र स्वास्थ्यमा पारेको चुनौतिविरुद्ध एक भएर लड्ने, स्वास्थ्यमा सबैको पहुँच तुल्याउन स्वास्थ्य प्रणालीमा व्यापक पुनर्संरचना गर्ने तथा राजनीतिक नेतृत्व एवं सरकारलाई उत्तरदायी तुल्याउने सहमति छन् ।

दिगो विकास लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने, आधारभूत तथा अत्यावश्यक स्वास्थ्य संरचना समुदायस्तरमै निर्माण गर्ने छन् । आधारभूत स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्यसहितका अन्य नसर्ने रोगहरुविरुद्ध एकभएर लड्ने सहमति पनि छन् ।

दक्षिणपूर्वी एसियामा कोभिडविरुद्धको खोप र सामाग्रीको समानुपातिक वितरणमा जोड दिने तथा विगतमा भएका सम्झौताको कार्यान्वयन गर्ने लगायतका सहमति छन् । आइतबारदेखि सुरु बैठकको दोस्रो दिन ११ वटै मुलुकका स्वास्थ्यमन्त्रीहरुले भर्चुअलरुपमा छलफल गरेका थिए ।

सम्मेलन पाँचदिन चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *