पिएनजीविरुद्ध बिक्रमलाई दोस्रो सफलता – Nepal Press

पिएनजीविरुद्ध बिक्रमलाई दोस्रो सफलता

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रो विकेट लिएको छ । दोस्रो ओ‌भरमा ओपनर टोनी उरालाई बिक्रम शोबले पेभेलियन फर्काएसँगै नेपालले पहिलो सफलता हात पारेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै पहिलो ओडीआई खेलिरहेका बिक्रमले पहिलो बलमै विकेट लिँदै ‘ड्रिम डेब्यू’ गरे । पिएनजीविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै चौथो ओभरको अन्तिम बलमा दोस्रो विकेट निकालेको छ ।

आफ्नो क्‍वोटाको दोस्रो ओभर फाल्न चौथो ओभरमा आएका बिक्रमले व्यक्तिगत दोस्रो विकेट लिए । उनले पिएनजीका कप्तान आसाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् ।

पिएनजीले अहिले ४.४ ओभरमा २ विकेट गुमाएर १० रन जोडेको छ ।

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ट्राई नेसन सिरिजका लागि ओमान पुगेको नेपालले घरेलु टोली र अमेरिकासँग सिरिज खेल्ने छ । त्यसैको अभ्यास स्वरुप आयोजित दुईमध्ये पहिलो एकदिवसीय आज र दोस्रो खेल शुक्रबा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर