डेब्यू बलमै बिक्रमले लिए विकेट!
नेपाल प्रेस
२०७८ भदौ २२ गते ११:१९
काठमाडौं । नेपाली राष्ट्रिय टोलीबाट पहिलो खेल खेलिरहेका बिक्रम शोबले पहिलो बलमै विकेट लिएका छन् । पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय क्रिकेटमा नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको थियो ।
पहिलो पटक एकदिवसीय खेलिरहेका बिक्रमले दोस्रो ओभर पाएका थिए । ओडीआईमा नेपालका लागि पहिलो बल फालेका बिक्रमले पिएनजीका टोनी उरालाई बोल्ड आउट गरे ।
उराले तीन बलको सामना गर्दै १ रन मात्र बनाउन सफल भएका थिए । अहिले १.४ ओभर सकिँदा पिएनजीले १ विकेट गुमाएर ३ रन जोडेको छ ।
प्रतिक्रिया