चौथो वरीयताका भेरेभ युएस ओपन टेनिसको क्वाटरफाइनलमा – Nepal Press

चौथो वरीयताका भेरेभ युएस ओपन टेनिसको क्वाटरफाइनलमा

एजेन्सी । चौथो वरियताका जर्मन खेलाडी अलेक्जान्दर भेरेभ युएस ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले इटलीका जान्निक सिन्नरलाई ३-० को सोझो सेटमा पराजित गरे ।

गत वर्ष युएस ओपनको फाइनलमा डोमिनिक थिमसँग पराजित भएका भेरेभले सिन्नरमाथि ६-४, ६-४ र ७-६ (९-७)को जित निकाले ।
सिन्नरले उत्कृष्ट पुनरागमन गरेको तेस्रो सेटमा भेरेभले पाँचपल्ट सेट प्वाइन्ट जोगाउँदै सिधा सेटको जित हासिल गरेका हुन् । जितका लागि उनले २ घण्टा २८ मिनेटको समय लगाए ।

सेमिफाइनल प्रवेशका लागि भेरेभले ल्योड ह्यारिससँग प्रतिस्पर्धा गर्नेछन् । यी दक्षिण अफ्रिकी खेलाडीले रेल्ली ओपेल्कालाई ३-१ को सेटमा पराजित गरेका थिए ।

युएस ओपनमा आउनुअघि ओलम्पिक स्वर्ण र सिनसिनाटी ओपनको उपाधि जितेका भेरेभले आफ्नो जित यात्रालाई १५ खेलसम्म पुर्‍याएका छन् । वर्षको अन्तिम ग्राण्डस्लाममा विश्व नम्बर १ नोभाक जोकोभिचका लागि उनी सबैभन्दा बलियो चुनौति हुनेछन् ।

ओलम्पिककै स्वर्ण विजेता स्वीस खेलाडी बेलिन्दा बेन्किक पनि इगा स्वीआटेकमाथि २-० को सेटमा जित निकाल्दै क्वाटरफाइनलमा पुगेकी छन् ।

२४ वर्षीय बेन्किकले पहिलो सेट टाइब्रेकरमा ७-६ (१४-१२) स्कोरले जितिन् भने दोस्रो सेटमा ६-३ को सहज जित निकालिन् । उनले १ घण्टा २४ मिनेट कोर्टमा खर्चिएकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर