हिन्दी गीत ‘इबादत’ मा अर्जुन बिज्लानीसँग प्रचण्डकी नातिनीकाे रोमान्स (भिडिओ) – Nepal Press

हिन्दी गीत ‘इबादत’ मा अर्जुन बिज्लानीसँग प्रचण्डकी नातिनीकाे रोमान्स (भिडिओ)

काठमाडौं । गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छन् । भारतको सांगीतीक कम्पनी टी–सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ रिलिज भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन् ।

रोमान्टिक गीतमा गायक सबरीको संगीत र केआर वाहीको शब्द छ । भिडिओमा स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका कलाकार अर्जुन बिज्लानीसँग छ । स्मिता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत हुन् ।

भिडिओलाई राजीव एस. रुयाले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई नेपालकी पुनम यादवले निर्माण गरेकी हुन् ।

भिडिओमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ । नेपाली राजनीतिमा समेत सक्रिय रहेकी निर्मात्री यादव भन्छिन्, ‘नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ । पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो । अब म निरन्तर गीत निर्माण गर्नेछु र नेपाली कलाकारलाई अवसर दिनेछु ।’ उनी चाँडै नेपाली चलचित्र निर्माण गर्ने तयारीमा समेत रहेकी छन् ।

हेर्नूस गीत :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *