सेयर धितोकर्जा सीमा हटाउन इन्भेष्टर्स फोरमको माग – Nepal Press

सेयर धितोकर्जा सीमा हटाउन इन्भेष्टर्स फोरमको माग

काठमाडौं । राष्ट्र बैंकले तोकेको सेयर धितो कर्जाको सीमा खारेज गर्न नेपाल इन्भेष्टर्स फोरमले माग गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा १२ करोड रूपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । फोरमले सेयर धितो कर्जाको सीमाका कारण बजारमा नकारात्मक असर परेको भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।

अर्थमन्त्रीको ध्यानाकर्षण गर्दै व्यक्ति तथा संस्था दुवैका लागि राखिएको यो सीमाका कारण लगानीकर्ताहरू सेयर बिक्री गरी ऋण चुक्ता गर्नतर्फ सक्रिय हुँदा बजारमा प्रत्यक्ष दबाब सृजना भइ बजार घटेकाले यो नियम ठीक नभएको फोरमले बताएको छ । सेयर धितो कर्जामा कुनै सीमा नभएका कारण कर्जा जोखिममा पर्ने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने यस प्रकारको ऋणमा सीमा लगाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले कोर क्यापिटलको ४० प्रतिशतमात्र सेयर धितोकर्जा प्रवाह गर्न पाउँछन् जुन ऋण लगानीको २ दशमलव ५ प्रतिशतमात्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *