हालेप युएस ओपनको तेस्रो चरणमा – Nepal Press

हालेप युएस ओपनको तेस्रो चरणमा

काठमाडौं । विश्व बरियताको १३औं स्थानकी सिमोना हालेप वर्षको अन्तिम ग्रान्डस्लाम– युएस ओपन टेनिसको तेस्रो चरणमा पुगेकी छन् । बिहीबा राति भएको दोस्रो चरणको खेलमा स्लोभाकियाकी ३३ वर्षीया क्रिस्टिना कुचोभालाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै ३० वर्षीया हालेप तेस्रो चरणमा पुगेकी हुन् ।

सन् २०१९ मा दोस्रो चरणबाट बाहिरिएकी रोमेनियन खेलाडी हालेपले गत वर्षको युएस ओपन चोटका कारण गुमाएकी थिइन् । प्रतियोगितामा हालेपको सबैभन्दा राम्रो नतिजा भनेको २०१५ मा सेमिफाइनलसम्मको यात्रा हो ।

दुई पटककी च्याम्पियन हालेपले अस्ट्रेलियन ओपनपछि खेलेको यो पहिलो ग्रान्डस्लाम हो । हालेपले प्रि–क्वार्टरफाइनल प्रवेशका लागि २०औं बरियताकी एलिना राबाकिनासँग खेल्ने छिन् ।

राबाकिना २७ वर्षीया क्यारोलिन गर्सियालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा आइपुगेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर