अफगान खेलाडी जन्नतसहित ईपीएलका लागि चितवनको टोली घोषणा – Nepal Press

अफगान खेलाडी जन्नतसहित ईपीएलका लागि चितवनको टोली घोषणा

काठमाडौं । चितवन टाइगर्सले आगामी संस्करणको एभरेष्ट प्रिमियर (ईपीएल)का लागि खेलाडी पाँच विदेशी खेलाडीसहित टोलीको घोषणा गरेको छ ।

असोज ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको तयारीमा रहेको चितवनले बिहीबार पत्रकार सम्मलेन गर्दै टोली सार्वजनिक गरेको हो ।

सोमपाल कामीको कप्तानीमा घोषित टोलीमा २० सदस्यीय टोलीमा श्रीलंकाका शेकुगे प्रसन्न, अफगान मोहम्मद सहजाद र करिम जनात, पाकिस्तानी ड्यानिस अजिज र मलेसियन भिरनदीप सिंह समावेश छन् ।

यस्तै नेपाली खेलाडीहरू- कमलसिंह ऐरी, साहब आलम, इशान पाण्डे , ललितसिंह भण्डारी, दिलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अनसारी, भीम सार्की, खडकबहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् ।

चितवनले मुख्य प्रशिक्षकमा सामसन जंग थापा घोषणा गरेको छ ।

चितवनलाई आसन्न ईपीएलको चौथो संस्करणका लागि प्रभु पेले मुख्य प्रायोजन गर्ने भएको छ ।

चौथो संस्करणको ईपीएलमा चितवनसँगै भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, काठमाडौं किङ्ग्स-११, विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर