जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न महासंघको माग – Nepal Press

जगदम्बा स्टीलमा तोडफोड गर्नेमाथि कारवाही गर्न महासंघको माग

काठमाडौं । वीरगंज पथलैया औद्योगिक करिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा. लि. मा भएको तोडफोडका दोषीलाई नेपाल उद्योग वाणिज्य महासंघको कारवाही गर्न माग गरेको छ ।

स्थानीय तहमा संचालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारका सहयोग पुर्‍याएको छ । तर, उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जवरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनु दुःखद रहेको महासंघले बताएको छ ।

भदौ ११ गते बिहान सवा १० बजे उद्योगको अमोनिया ग्यास टयांकबाट ग्यास लिक भइ भएको घटनालगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।

संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनका दायरामा ल्याई उद्योग पूर्वावस्थामै संचालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग गर्न महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *