नेपाली बजारमा भित्रियो नयाँ टाटा सफारी, शुरूआती मूल्य ८१ लाख ९९ हजार – Nepal Press

नेपाली बजारमा भित्रियो नयाँ टाटा सफारी, शुरूआती मूल्य ८१ लाख ९९ हजार

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारी नेपाली बजारमा भित्र्याएको छ ।

नयाँ टाटा सफारीको शुरुआती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यो गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता रहेको भन्दै कम्पनीले आधुनिक युगका शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकलाई आकर्षित गर्ने दावी गरेको छ ।

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो-रमहरूमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ । नयाँ टाटा सफारीको नेपालमा बिक्री वितरणबारे टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेसका प्रमूख मायांक बाल्डीले भने, ‘हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको बिक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं । उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा फरेभर रेञ्जका गाडीहरुको तीन आधार स्तम्भहरु हुन् र यी आधार स्तम्भहरु हाम्रो दृढ प्रतिबद्धताको उपज हो ।’

सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशे ढुंगा भएको बताए ।

२.० लिटरको टर्बोचार्जड् काइरोटेक इन्जिन भएको यस गाडीमा शहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरूमा भिन्न अनुभवका साथ यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । २७४१ मिलिमिटर चौडा व्हिलबेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहित ओइस्तर सेतो रंग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आईज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरुको लागि एक पूर्ण प्याकेज हुनेछ ।

सफारीको नयाँ अवतारमा टाटा मोटर्स्ले ओएमइजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाईन ल्यांग्वेजमा आधारित रही ल्याण्ड रोभरको प्रख्यात डि ८ प्ल्याटफर्ममा निर्माण गरेको हो । उत्कृष्ट सुरक्षाको लागि उन्नत ईएसपी र बोस मोडजस्ता विशेषताहरू पनि यस ६/७ सिट क्षमताको गाडीमा पाइन्छ । यो कारणले नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटोमोबाइल बजारको लागि अत्यन्त उपयोगी छ ।

निलो, सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सइदेखि एक्सजेटए प्लससम्म ९ वटा मोडेलहरू छन् । भारतमा गत वर्षदेखि मात्र विक्री वितरण थालनी गरिएको यस गाडीले छोटो समयमै ग्राहकहरूको मन बसेको छ । भारतीय एसयूभी बजारमा १८ प्रतिशत अंश ओगट्न सफल नयाँ सफारी आज त्यहाँको सबैभन्दा बढी बिक्री हुने एसयूभीमध्ये एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *