रेमिटयान्स ९ खर्ब ६१ अर्ब भित्रियो, चालु खाताको ३ खर्ब ३३ अर्ब रुपैयाँले घाटामा – Nepal Press

रेमिटयान्स ९ खर्ब ६१ अर्ब भित्रियो, चालु खाताको ३ खर्ब ३३ अर्ब रुपैयाँले घाटामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक तथ्याङकमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

यस प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह बढेको , मुद्रास्फिति नियन्त्रणभित्र रहेको, व्यापारघाटा बढ्दै जादा शोधान्तर वचत घट्दै गएको देखाइएको छ ।

आयातको अनुपातमा निर्यात बढ्द नसक्दा चालु खाताको घाटा तीब्ररुपमा बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष कोभिड- १९ कारण आर्थिक गतिविधि ठप्प हुँदा ३३ अर्ब रुपैयाँ मात्रै घाटामा रहेको चालु खाता गत वर्षकोअन्त्यसम्ममा बढेर ३ खर्ब ३३ अर्ब पुगेको छ ।

गत वर्षको वार्षिक औसत मुद्रास्फीति ३.६ प्रतिशत रहेको बताइएको छ । यसैगरी आयात २८.७ प्रतिशत र निर्यात ४४.४ प्रतिशतले बढेको देखाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्राह ९।८ प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ भित्रिएको छ।

विप्रेषण आप्रवाह बढेपनि श्रम स्विकृती लिनेको संख्या भने घट्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने श्रमिकको संख्या ६२.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष श्रम स्वीकृति लिनेको संख्या २०.५ प्रतिशतले मात्रै घटेक थियो । अघिल्लो आर्थिक वर्ष पुन श्रम स्वीकृति लिनेको संख्या ३४.७ प्रतिशतले घटेकोमा गत वर्ष भने ४६.८ प्रतिशतले घटेको छ ।

यसैगरी शोधनान्तर स्थिति १ अर्ब २३ करोड मात्रै रहेको देखाइएको छ । गत वर्ष यस्तो बचत २ खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्ष ३३ अर्ब ७६ रुपैयाँले मात्रै चालु खाता घाटामा रहेको थियो ।

आर्थिक वर्षको अन्त्यसम्ममा कुल विदेशी विनिमयको सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेको । उक्त सञ्चितिले १०।२ वर्षको वस्तु तथा सेवा आयात गर्न धान्न पुग्ने बताइएको छ ।

यसैगरी गत आर्थिक वर्षमा अर्थतन्त्रमा मुद्राको आपुर्ती अर्थात विस्तृत मुद्राप्रदाय २१.८ प्रतिशतले बढेको छ । २०७८ असार मासान्तसम्मा नेपालका बैक तथा वित्तीय संस्थामा ४६ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने निजी क्षेत्रमाथिको दाबी ४१ खर्ब ६३ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *