क्रियाशिल सदस्यता विवाद टुंग्याउन पौडेलसँग देउवा निर्णायक वार्तामा – Nepal Press

क्रियाशिल सदस्यता विवाद टुंग्याउन पौडेलसँग देउवा निर्णायक वार्तामा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस भित्र सधै विवाद विषय बनिरहने क्रियाशिल सदस्यता सम्बन्धी विषय टुंग्याउन सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग वार्तामा जुटेका छन् ।

वार्ताका लागि पौडेल देउवा निवास बुढानीलकण्ठ पुगिसकेका छन् । देउवा पनि प्रधानमन्त्री निवास बालुवाटारबाट वार्ताका लागि बुढानीलकण्ठ प्रस्थान गरेका छन् ।

देउवा र पौडलबीचको निर्णायक वार्तापछि आजै क्रियाशिल सदस्यता विवाद सम्बन्धी उच्चस्तरीय छानविन समितिको प्रतिवेदनलाई टुंग्याइने छ।

वार्तामा छानविन समितिका संयोजक कृष्ण सिटौलाले देउवा र पौडेललाई आजसम्म भएको कामबारे ‘ब्रिफिङ’ गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर