बिग मर्जरमा चलखेल गर्ने गौतम सञ्चयकोषबाट पदमुक्त, निर्णय रोक्ने प्रयास जारी – Nepal Press

बिग मर्जरमा चलखेल गर्ने गौतम सञ्चयकोषबाट पदमुक्त, निर्णय रोक्ने प्रयास जारी

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको बिग मर्जरमा अश्वभाविक चलखेल र शीर्ष नेताको नाममा आर्थिक संकलन गरेको आरोप लागिरहेका कर्मचारी सञ्चयकोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतम पदमुक्त भएका छन् ।

डेढ वर्षअघि नै कानूनबमोजिम पदमुक्त भएका गौतम यसबीचमा हिमालयन बैंकको अध्यक्षसमेत रहेर पदमा टिकिरहेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डमार्फत अर्थमन्त्री जनार्दन शर्मालाई दबाबमा पार्न खोजेका थिए ।

तर मन्त्रिपरिषद्को पछिल्लो बैठकले सन्चयकोषको प्रशासक हुन त्यहीको कर्मचारी हुनुपर्ने वा सन्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको भन्दै अवकाश दिने निर्णय गरेको हो । तर गौतमले सो निर्णय कार्यन्वयन हुन नदिन प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डमार्फत लबिङ गरिरहेको स्रोतले जनाएको छ ।

अवकाश निर्णय भएपछि उनी कार्यालय गएका छैनन् तर आफू अवकाश भएको जानकारी पनि दिएका छैनन् । हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर नहुन्जेलआफूलाई पदमा कायम राख्न गौतमको प्रयास जारी छ ।

उनी कर्मचारी सञ्चयकोषको प्रतिनिधित्व गर्दै हिमालय बैंकको अध्यक्ष भएकाले कोषबाट अवकाश पाएपछि अध्यक्ष पद स्वतः जान्छ । गौतममाथि बिग मर्जर गर्न अश्वभाविक चलखेल गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *