हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघबीच सम्झौता – Nepal Press

हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघबीच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच शुक्रबार देखि लागू हुने गरी व्यावसायिक सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोड रुपैयाँ सम्मको विशेष कर्जा प्यकेज दिने भएको छ ।

यस सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने बताएको छ ।

उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाडौं उपत्यका भित्र र बाहिर रहेकासम्पूर्ण शाखाहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *