अध्यादेशबारे गगन थापा- हिजो विरोध गर्नेले माफी माग, त्यो बेला थपडी बजाउनेलाई विरोधको हक छैन – Nepal Press

अध्यादेशबारे गगन थापा- हिजो विरोध गर्नेले माफी माग, त्यो बेला थपडी बजाउनेलाई विरोधको हक छैन

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा आपत्ती जनाएका छन् ।

विगतको सरकारले सोही कदमको विरोध गर्दै आएको स्मरण गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

हिजोको सरकारले सोही अध्यादेश ल्याउँदा गलत भन्नेहरुले आज समर्थन गर्ने अधिकार नरहने भन्दै समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताए ।

थापाले गत वर्ष बैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई समेत यो अध्यादेशको विरोध गर्ने कुनै हक नहुने दावी गरे । उनले भने, ‘अहिले विरोध गर्ने भए, त्यतिबेला गल्ती गरेका थियौं भनेर माफी माग्नुपर्छ ।’

प्रतिक्रिया

One thought on “अध्यादेशबारे गगन थापा- हिजो विरोध गर्नेले माफी माग, त्यो बेला थपडी बजाउनेलाई विरोधको हक छैन

  1. तपाईं लाई गत निर्वाचनमा आफैले आफै माथि बम हान्न लगायर स्यापेथि बटुल्न खाेजेकाे भन्ने अरु काेहि थियन तपाईं कै पार्टिका बरिष्ट नेताहरु बिमलेन्द्र निधि र मीन बिश्वकर्मालाई माफि मगाउनाेस नत्र तपाईं सार्बजनिक माफि माग्नाेस ! बिषय बिगत हुदैन सन्दर्भ मात्र बिगत हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर