महन्थ पक्षको भन्दै राज्यमन्त्रीबाट हटाइएका मण्डल जसपा बैठकमा – Nepal Press

महन्थ पक्षको भन्दै राज्यमन्त्रीबाट हटाइएका मण्डल जसपा बैठकमा

जनकपुरधाम । महन्थ ठाकुर पक्षको भन्दै प्रदेश २ सरकारले राज्यमन्त्रीबाट हटाइएका नेता सुरेश मण्डल पनि जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

काठमाडौंको कालिकास्थानमा आजदेखि दुई दिनका लागि बसेको जसपा केन्द्रीय समिति बैठकमा मण्डल सहभागी भएका हुन् ।

महन्थ ठाकुर पक्षले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएलगत्तै अध्यक्ष उपेन्द्र यादवको ठाडो निर्देशनमा मुख्यमन्त्री लालबाबु राउतले ०७८ जेठ २३ गते भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए ।

पदमुक्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रहेका मण्डल पनि परे । तत्कालीन राजपाबाट सिरहा क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित मण्डल महन्थ ठाकुर निकट थिए ।

महन्थ नेतृत्व तमलोपा गठन हुँदा उनी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष थिए ।

यस्तै वरिष्ठ नेता राजेन्द्र महतो निकट जनकपुरधामका मेयर लालकिशोर साह पनि बैठकमा सहभागी भएका छन् । तत्कालीन राजपाबाटै मेयरमा निर्वाचित मेयर साह उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि केही दिन मौन बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर